कला संघ \संस्था

मेचीनगरका मगर समुदायले मनाए मकर सकराँती

झापा, १ माघ । मेचीनगरका मगर समुदायले बुधबार विविध कार्यक्रमका साथ आफ्नो प्रमुख पर्व मकर सकराँती धुमधामका साथ मनाएका छन् ।

नेपाल मगर संघ मेचीनगरले मेचीनगर–८ स्थित पट्टन प्राणी कल्याण बौद्ध बिहार गुम्बा परिसरमा सो पर्व विशेष साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।

नेपाल मगर संघका केन्द्रीय सदस्य सुन्दर क्याप्छाकी मगरको प्रमुख आतिथ्य एवं संघका नगर अध्यक्ष विकास थापा मगरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा प्रमुख अतिथि संघका केन्द्रीय सदस्य मगर, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी उदय राना मगर, मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेती, नेकपा नगर इञ्चार्ज देवकुमार राई, नेपाली काँग्रेस नगर सभापति इन्द्रबहादुर बुढाथोकीले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसक्रममा नेपाल थामी समाजका जिल्ला अध्यक्ष लालबहादुर थामी, किराँत याक्थुङ चुम्लुङ नगर अध्यक्ष दिलीपजंग आङ्देम्बे, तमू ह्यूल छोंज धिं गुरुङ राष्ट्रिय परिषद् नगर उपाध्यक्ष प्रकाश गुरुङ र नेपाल तामाङ घेदुङ संघ नगर अध्यक्ष देवीमाया तामाङले शुभकामना मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा मेचीनगर वडा नम्बर ८ का अध्यक्ष विकेन्द्र धिमाल, ५ नम्बर वडा अध्यक्ष योगेन थापा मगर, संघका संस्थापक नगर अध्यक्ष मणिराज लुङ्गेली मगरलगायतको आतिथ्यता थियो ।

संघका पूर्व नगर अध्यक्ष कृष्ण सिञ्जाली मगरका अनुसार कार्यक्रममा मगर समुदायका कलाकारहरुले एकल तथा सामूहिक विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

उक्त गुम्बाको भौतिक पूर्वाधार निर्माण सहयोगार्थ आर्थिक सहयोग जुटाउने उद्देश्यले सञ्चालित उपहार योजनासहितको चिठ्ठा कार्यक्रम समेत गरिएको उनले जानकारी दिए ।

संगीतकार शिवशंकर थापा मगरले सो पर्वको औचित्यमाथि प्रकाश पारेको उक्त कार्यक्रममा स्वागत संघका नगर सल्लाहकार गम्भीरध्वज थापा मगर र सञ्चालन नगर सहसचिव कर्ण थापा मगरले गरेका थिए ।

Leave a Reply

Your email address will not be published.