
विराटनगर / नेपाल साफ च्याम्पियनसिप फुटबलको फाईनलमा प्रवेश गरेको छ । श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गर्दै नेपाल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।
सुरुदेखि नै आक्रमक फुटबल खेलेको नेपालले पहिलो हापको ४२ औं मिनेटमा पुनम जर्घा मगरले गोल गर्दै अग्रता दिलाएकी हुन् । सावित्रा भण्डारीको हेड बलमा पुनमले वान टसमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।
७३ औ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रतालाई दोब्बर पारिन् । डिबक्स भित्र अनमार्क रहेकी उनको प्रहारले सिधै पोस्टको जाली चुमेको थियो ।
८३ औ मिनेटमा सवित्रा भण्डारीले गोल गर्दै नेपाललाई ३–१ को स्थितीमा पु¥याएकी थिईन् ।
त्यसको तीन मिनेछ पछाडी रेखाले राष्ट्रिय टिमबाट डेब्यु गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् ।
प्रतियोगिताअन्तर्गत आजै दिउँसो भारत र बंगलादशेबीच दोस्रो सेमिफाइनल हुने छ । नेपालले उपाधिका लागि शुक्रबार भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ ।

