समाचार

मन्त्रिपरिषद्का पछिल्लो २२ निर्णय (सूचीसहित)

काठमाडौं, भदौ ११ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २२ निर्णय गरेको छ। सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबार २२ निर्णय सार्वजनिक गरेका हुन्।

खतिवडाका अनुसार सहन्यायाधिवक्तामा ज्ञान प्रसाद भुसाललाई नियुक्त गर्ने निर्णय गरेकाे छ । साथै उनलाइ सरकारी वकिलको कार्यालय धनकुटामा पदस्थापन गर्ने निर्णय गरिएकाे जानकारी दिए । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बलराम रिजाललाई विशेष आर्थिक क्षेत्र प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ।

त्यस्तै सेनाका प्रमुख सेनानी सरोज कुमार अधिकारीसमेत तीन प्रमुख सेनानीहरुको बढुवा गरी पदस्थापन गरिएको छ। १२ महासेनानीको सरुवा पनि गरिएको छ ।