शिक्षा

आदर्श माविको अध्यक्षमा पुनः पोख्रेल

मेचीनगर, भदौ १६ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा रहेको आदर्श माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तीन बर्षे कार्यकालका लागि समाजसेवि रेवन्तराज पोख्रेल (अर्जुन) चयन भएका छन् ।

मंगलबर विद्यालय परिसरमा बसेको बैठकले सर्वसम्मत रुपमा पुनः तेस्रो कार्यकालको लागि पोख्रेललाई चयन गरेको हो । बैठकले विद्यालय व्यवस्थापन समितिको सदस्यमा अभिभावकको तर्फबाट टिकाराम रिजाल, अरुणा राजवशी, दुर्गा काफ्ले र मिना राजवशीलाई चयन गरेको छ । चन्दादाताको तर्फबाट सुर्य अधिकारी र शिक्षकको तर्फबाट पुर्ण खड्का सदस्यमा चयन भएका छन् ।

नौं सदस्यीय रहेको बिद्यालय व्यवस्थापन समितिमा मेचीनगर वडा नम्बर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमाल पनि सदस्य छन् भने सदस्य सचिवमा विद्यालयका प्रअ कृष्ण पुरी रहेका छन् ।