झापा, भदौ २१ । झापामा आज मेचीनगरका ६ सहित ३२ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ । जसमा १७ जना महिला र १५ जना पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय झापाका अनुसार आज संक्रमित हुनेहरुमा मेचीनगरका २ सुरक्षाकर्मी, १ स्वास्थ्यकर्मी र ३ जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका सहित ६ जना, बिर्तामोडका १३ महिला , २ पुरुष गरि १५ जना, कमलका ३ महिला, ८ पुरुष गरि ११ जना र कन्काईका १ जना पुरुष रहेका छन् ।
जसमा बिर्तामोडका १२ जना स्वस्थ्यकर्मी, ३ जना स्थानीय, कमल र कन्काईका १२ जना स्थानीय रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । आज थपिएका संक्रमितहरु ९ देखि ७७ वर्ष सम्मका छन् ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ७०८ पुगेको छ भने हिजो सम्म ४८१ जना डिस्चार्ज भएर घर फर्की सकेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन चम्लागाईले जानकारी दिए ।

