विचार

रोगले भन्दा भोकले मर्ने बेला आइसक्यो, बाँच्ने विकल्प के छ सरकार ?

वविता थापा (सन्ध्या)
पाल्पा, भदौ २२ ।
क्षमाप्राथी छु अहिलेको माहोलमा छर्लङ्ग देखिएको तथ्यमा आधारित भएर लेख लेख्न खोजेकि छु । सत्य कुरालाई लेख्न यि हात कापिरहेका छन् मुटुको चाल बढ्दो छ र पनि रोकिएन कलम ।

विश्वास गरे सरकारी उपचारको गयो त्यतै ध्यान,
भ्रममा परे मान्छे अकालमा गुमाए धेरैले ज्यान ।

देशमा दिनप्रतिदिन कोभिड १९ ले ज्यान लिनेको संख्या बढेको छ कतै यसले महामारी रुप लिने त होईन ? चिन्ताको बिषय बनेको छ तर पनि सबै मौन छ । हो अहिलेको अवस्था समय यस्तै छ र पनि कसरी भन्ने औषधी बनेको छैन बिरामी सन्चो भयोरु रु चौध दिन छुट्टै बस्दैमा रोग सन्चो हुन्छ र ?

अस्पताल गयो बस्ने ठाउँ छैन जसोतसो भर्ना भयो सामान्य बिरामी अस्पताल पुगेपछि झन् बढि हुन्छ । आईसोलेसनमा बिरामी सिफ्ट हुन्छ आत्तिनु पर्दैन बिरामी ठिक हुन्छ, आफन्तलाई सान्त्वना बिरामीलाई आत्मबल बढाउनु भनिन्छ न त्यहाँ कोभिडको औषधी छ अक्सिजन लगाएर ग्लुकोज पानी चढाएर राखिन्छ, बिरामी झन् गल्दै जान्छ ।स्वाब सङ्कलन गरिन्छ, त्यत्तिकैमा उपचारको क्रममा बिरामीको ज्यान जान्छ। बिरामी कसरि मर्यो थाहा छैन रिपोर्ट आउँछ कोरोना पोजेटिभ।

हो यस्तो अवस्थामा पनि ज्यान धरापमा राखेर काम गर्नु भएका स्वास्थ्यकर्मीलाई सलाम गर्छु तर पनि मैले नबुझेको हो कि सबैको मनमा अहिले उब्जिएको कुरा नै यहि छ बिरामी मरेपछि रिपोर्ट आउनु औषधी बनेको छैन तै पनि बिरामी चौध दिनपछि सन्चो पनि हुने रोग आएकै हो भने सामान्य माक्स लगाउँदैमा सेनिटाईजर प्रयोग गर्दैमा साबुनपानीले हात धुदैमा कोरोनाले नछुने भन्ने पनि होईन । छोए पनि औषधी बनेको नै छैन र पनि निको कसरी ? यो सब के भईरहेको छ ?

हामीले सुन्दै आईरहेका छौ रुघाखोकी ज्वरो यसको लक्ष्ण र बेसार पानी घरमै बसेर खाएर सन्चो हुन्छ र भएको भन्ने पनि सुनियो र त्यो हो भने अस्पताल पुगेर ज्यान गुमाउनु भन्दा त्यहि बिधि अपनाएर घरमै बस्नु उचित होईन र ?

सामान्य हुँदा लकडाउन रोग बड्दै गयो स्थिति खुकुलो फेरि थाम्नै नसक्ने भएपछि फेरि बन्द यसरी त गरिब भोको जनताको छाक कसरी टर्छ ? कहिले सम्म यो स्थिति रहन्छ त थाहा छैन कहिले खुल्ने थाहा छैन बिहान साँझ काम गरेर छाक टार्ने त्यो गरिब के गरेको छरु अब मानिस रोगले भन्दा पनि भोकले मर्ने स्थिति नआउला भन्ने अवस्था छैन औषधी नबन्दा सम्म बरु केहि उपाय अपनाउन बरु बेसार पानीले निको भए त्यसैलाई प्राथमिकता दिउँ । गरिब जनताको छाक टार्न तिर लागौ ।

कहिले सम्म हुन्छ बन्द कहिले सम्म रोकिन्छ रु हुनेखानेहरुलाई फरक नपर्ला तर हुँदा खानेहरुलाई धेरै फरक परेको छ रोगले भन्दा भोकले मर्नेको अवस्था आईसकेको छ, बाँच्ने विक्लप के छ सरकार ? स्थिति जटिल बन्दै गएको छ अब त केही सोच्ने पो हो कि ?