धादिङ, भदौ २७ । आफैँले जबरजस्ती करणी गरेका कारण गर्भ बसेपछि गर्भपतन गर्न अस्पताल लानेलाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया एक बालिकालाई ज्वालामूखी गाउँपालिका–१ का २२ वर्षीय सुमन कूमालले बलात्कार गरेको आरोपमा पीडित परिवारले जाहेरी दिएपछि प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।
गर्भवती भएकी बालिकालाई लिएरकूमाल धादिङ अस्पताल आएका थिए । गर्भपतन गराउनआएको जानकारी पाएपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । बालिकालाई पटक पटक घरमा बोलाएरर ललाइ फकाइ बलात्कार गर्ने गरेको र पछिल्लो पटक भदौ १२ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ ।
बालिकालाई महिला सुरक्षा घर सेफ हाउस मा पठाइएको छ । घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको खबर आजको समाचार पत्रले लेखेको छ

