खेलकुद

प्रिमियर लिगमा एभर्टनसँग टोटेनहम स्तब्ध

काठमाडौं, भदौ २९ । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा एभर्टन विजयी भएको छ । बलियो टोली टटनह्यामलाई १–० ले हराउदै एभर्टनले सिजनको सुखद सुरुवात गरेको हो ।

टटनह्यामको मैदानमा एभर्टनलाई जिताउन खेलको ५५ औ मिनेटमा काल्भर्ट लिविनले गरेको गोल निर्णायक बन्यो । समान बल पोजिशनको खेलमा एभर्टनले थप मौका सृजना गरेपनि सफल बन्न सकेन् । घरेलु टोली टटनह्यामले पनि पाएका आधा दर्जन अवसर खेर फालेको थियो ।

गएराती नै लेष्टर सिटिले वेष्टब्रोमलाई ३–० ले हराउदै लिगमा विजयी सुरुवात गरेको थियो । जेमी भर्डीले २ तथा टिमोथी कास्टाग्रेले एक गोल गर्दै लेष्टरको जित निश्चित पारे ।

प्रिमियर लिगमा आज थप २ खेल हुनेछ । आज सेफिल्ड युनाईटेड र वोल्भरहेम्प्टन तथा चेल्सी र ब्राईटन एण्ड होभ एल्बियन प्रतिस्पर्धा गर्नेछन् ।