काठमाडौं, भदौ २९ । सरकारले लामो दुरीको यातयात र आन्तरिक हवाई उडान असोज ५ बाट खुला गर्ने निर्णय गरेको छ। सोमबार आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको हो। यसअघि यातयात व्यवसायीहरुले असोज १ गतेबाट निषेधाज्ञा तोडेरै भएपनि लामो दुरीका यातयात सञ्चालन गर्ने घोषणा गरेका थिए। व्यवसायीको दबावपछि सरकार लामो Read More…
Day: September 14, 2020
वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं, भदौ २९ । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो । बैठकले गौतमलाई राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको बालुवाटार निकट स्रोतले जानकारी दियो Read More…
कित्ताकाट खुलाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं, भदौ २९ । सर्वोच्च अदालतले जग्गाको कित्ताकाट गर्न दिने सरकारको निर्णय हाललाई रोक्न आदेश दिएको छ। सर्वोच्च अदालतले कित्ताकाट खोल्ने भूमि व्यवस्थापन मन्त्रालयको निर्णय कार्यान्वन नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो। न्यायाधीश सुष्मालता माथेमाको एकल इजलाशले अन्तरिम आदेश जारी गरी जग्गा कित्ताकाट खोल्ने निर्णय कार्यान्वन नगर्न अन्तरिम आदेश जारी गरेको हो। सन्तोष Read More…
नेपालमा थप एक हजार १७० जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, भदौ २९ । नेपालमा थप एक हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११७० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ। संक्रमितमध्ये ३९ हजार ५७६ जना निको भएर घर Read More…
ओम्नी समूह कालो सूचीमा, अब ठेक्का गर्न नपाउने
काठमाडौं, भदौ २९ । स्वास्थ्य सामग्री खरिदमा चरम अनियमित गरेको ओबीसीआई. (ओम्नी समूह) कालोसूचीमा परेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले ओम्नी समूहलाई कालो सूचीमा राखेको हो । कोरोना भाइरसको महामारी फैलिएका समयमा स्वास्थ्य सामग्री आयात गर्ने अनुभव नै नभएपनि पहुँचका आधारमा ठेक्का हात पारेको थियाे। अत्यधिक महंगोमा गुणस्तरहीन स्वास्थ्य सामग्री ल्याएपछि सरकारकै चौतर्फी Read More…
रेल्वे कम्पनीले माग्यो १२९ कर्मचारी
काठमाडौं, भदौ २९ । नेपाल रेल्व कम्पनी लिमिटेडले विभिन्न पदमा करार सेवामा १ सय २९ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। जनकपुरधाममा केन्द्रीय कार्यालय रहेको कम्पनीले सोमबार सार्वजनिक सूचना जारी गरेर कार्यालय सहयोगीदेखि शाखा अधिकृतसम्म करार सेवामा कर्मचारी माग गरेको हो। शाखा अधिकृतको न्यूनमत शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भनिएको छ भने कार्यालय सहयोगीका लागि Read More…
प्रिमियर लिगमा एभर्टनसँग टोटेनहम स्तब्ध
काठमाडौं, भदौ २९ । ईङलिश प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा एभर्टन विजयी भएको छ । बलियो टोली टटनह्यामलाई १–० ले हराउदै एभर्टनले सिजनको सुखद सुरुवात गरेको हो । टटनह्यामको मैदानमा एभर्टनलाई जिताउन खेलको ५५ औ मिनेटमा काल्भर्ट लिविनले गरेको गोल निर्णायक बन्यो । समान बल पोजिशनको खेलमा एभर्टनले थप मौका सृजना गरेपनि सफल बन्न सकेन् Read More…
अभिभावकबिहीन बालबालिकाको अभिभावकत्व राज्यले लिन्छ : प्रधानमन्त्री ओली
काठमाडौं, भदौ २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अभिभावकत्व प्रदान गर्ने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै Read More…








