समाचार

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, भदौ २९ । सरकारले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो ।

बैठकले गौतमलाई राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिस गर्ने निर्णय गरेको बालुवाटार निकट स्रोतले जानकारी दियो । नेकपा स्थायी कमिटीको बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो ।