काठमाडौं, असोज ५ । नयाँ सिजनको इटालियन सिरी ‘ए’मा साविकको विजेता युभेन्टसले सुखद सुरुआत गरेको छ । आइतबार राति आफ्नो पहिलो खेल खेलेको युभेन्टसले साम्पोडोरियामाथि ३–० गोलको जित निकालेको हो ।
युभेन्टसको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन नयाँ खेलाडी डेजान कुलुसेस्की, लेयोनार्दो बोनुक्की र क्रिस्टियानो रोनाल्डोले समान एक–एक गोल गरे । खेलको १३औं मिनेटमा रोनाल्डोको असिस्टमा कुलुसेस्कीले गोल गर्दै पहिलो हाफभरि युभेन्टसलाई अग्रता दिलाए ।
यसैगरी खेलको ७८औं मिनेटमा बोनुक्कीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाए । खेलकाे ८८औं मिनेटमा रोनाल्डोले गोल गर्दै युन्टेसलाई ३-० गाेलकाे जिताए । रोनाल्डोले आरोन राम्सेको पासमा गोल गरेका थिए ।
जितसँगै युभेन्टसले महत्त्वपूर्ण ३ अंक जोडेको छ ।

