झापा, असोज ५ । कृषिमन्त्री घनश्याम भुसाल सोमबार आज झापा आउने भएका छन् । इलाम र झापामा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागिता जनाउन मन्त्री भुसाल झापा आउन लागेका हुन् ।
आज ३ बजे मन्त्री भुसाल चन्द्रगढी विमानस्थलमा अवतरण गर्नेछन् । लगत्तै झापाका सहकारीकर्मीसँग उनले छलफल गर्ने कार्यक्रम छ ।
नेपाली चियाको लोगो सार्वजनिक गर्ने मुख्य कार्यक्रममा सहभागिता जनाउन मन्त्री भुसाल मंगलबार भोली इलाम पुग्ने कार्यक्रम रहेको नेकपा झापाका प्रचार विभाग उपप्रमुख सन्तोष आचार्यले जानकारी दिए ।
इलामको कार्यक्रम सकेर मन्त्री भुसाल झापा फर्किनेछन् । उनले भोलीकै दिन झापामा नेकपाका कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम पनि राखिएको छ ।

