संघ \संस्था

इटाभट्टा बजारमा सञ्चालनमा आयो कृष्णथुम्की प्रिन्टिङ प्रेस

मेचीनगर, असोज २१ । झापाको मेचीनगर–७ स्थित इटाभट्टा बजारमा प्रिन्टिङ तथा भिडियो सम्बन्धी सम्पूर्ण कार्य गर्ने उदेश्यले कृष्णथुम्की प्रिन्टिङ प्रेस सञ्चालनमा आएको छ ।

मेचीनगर र आसपास क्षेत्रका मानिसहरुलाई सेवा दिने उदेश्यले सञ्चालनमा आएको कृष्णथुम्की प्रिन्टिङ प्रेसले प्रिन्टिङ सम्बन्धि कार्यहरु फ्लेक्स, ब्यानर, निमन्त्रण–पत्र, समवेदना, विवाह कार्ड, पासफोटो, फोटो फ्रेमिङ, लेमिनेसन, ब्याच, परिचय–पत्र, भिजिटिङ कार्ड, पत्र टाईपिङलगायतका सेवाहरु उपलब्ध गराउने सञ्चालक मुकुन्द भट्टराईले बताए ।

सञ्चालक भट्टराईका अनुसार प्रेसले छपाई सम्बन्धि सम्पूर्ण कार्यसंगै विवाह, ब्रतबन्ध, पुराण, पास्नी, डकुमेन्ट्री, म्यूजिक भिडियोलगायत भिडियो छायकंन र सम्पादन गरिन्छ ।

त्यसै गरी मेचीनगर क्षेत्रका सिप नभएर बेरोजगार रहेका युवाहरुलाई छोटो समयमा नै सिप सिकाई दक्ष बनाउदै रोजगारीको सृर्जना गर्न प्यासिफिक टेक्निकल ट्रेडिङ्ग पनि सोहि कार्यालयबाट नै सञ्चालन हुने प्यासिफिक टेक्निकल ट्रेडिङ्ग सेन्टरका शाखा प्रमुख बिष्णु भट्टराईले बताए । तालिम दशै पछि सञ्चालन हुने पनि शाखा प्रमुख भट्टराईले बताए ।