स्वास्थ्य

जुस पिएर डा. केसीले तोडे अनशन

काठमाडौं, असोज २५ । सरकारसँग ८ बुँदे सहमति भएसँगै डा.गोविन्द केसीले १९औँ अनसन २८ दिनमा तोडेका छन् ।

शनिबार राती सरकारसँग सहमति भएपछि डा.केसीले आइतबार बिहान अनसन तोडेका हुन् । डा केसीले त्रिवि शिक्षण अस्पतालमा सरसफाइमा काम गर्ने कर्मचारी विकास नेपालीको हातबाट जुस पिउँदै अनसन तोडेका हुन् ।

सरकार र केसीबीच सम्झौता भएसँगै सबै आन्दोलनका कार्यक्रम स्थगित गरी अनशन तोडेका हुन् । अनशन तोडेलगत्तै केसी थप उपचारका लागि आइसियुमा भर्ना भएका छन्।