समाचार

कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, असोज २६ । सरकारले कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले जोखिमको अवस्था कायमै रहेको र भारतमा पनि कोरोना संक्रमण बढिरहेकाले सीमा बन्द गर्ने निर्णय गरेको हो ।