समाचार

पानीमा डुबेर मेचीनगरमा एक जनाको मृत्यु

युवराज आचार्य
मेचीनगर, कात्तिक ९ ।
झापाको मेचीनगरमा पानीमा डुबेर एक जना व्यक्तिको मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित राजपैनीमा डुबेर सोही वडाका ६७ बर्षिय लाल बहादुर बुढाथोकीको मृत्यु भएको हो ।

बुढाथोकीको आईतबार करिब २ बजे स्थानिय पैनीमा डुबेर मृत्यु भएको मेचीनगर–८ का वडा सदस्य तथा कार्यवाहक अध्यक्ष सन्तोष मेचेले हाम्रो खबरपाटीलाई जानकारी दिए । मेचेका अनुसार पैनीको पानीमा डुबेर मृत अवस्थामा बुडाथोकीको शव भेटिएको थियो ।

बुढाथोकीको घटनास्थलमै मृत्यु भएको स्थानियले बताए । मृतक बुढाथोकीको शव पोसमाटमका लागि ईलाका प्रहरी कार्यालयबाट खटिएका प्रहरीले मेची अञ्चल अस्पताल भद्रपुर लगि सकेका छन् । घटनाको बिषयमा प्रहरीले अनुशन्धान सुरु गरिसकेको छ । थप विवरण आउन बाकी छ ।