झापा, मंसिर २० । झापामा शनिबार राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै हजारौंको संख्यामा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदर्शन गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राप्रपाले संघीयता खारेजीको समेत माग गर्दै राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीले मेचीनगरको काँकरभिट्टाबाट दर्जनौं गाडी र सयौं मोटरसाइकलमा र्याली निकालेर ईटाभट्टा, धुलाबारी, धाईजन, चारआली, बुट्टाबारी हुँदै झापाको मुख्य बजार विर्तामोड स्थित मुक्तिचोककमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सभालाई पार्टीका पूर्व महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देन, राम थापा लगायतका नेताले संबोधन गरेका थिए ।
प्रदर्शनका क्रममा ‘राजा आऊ देश बचाऊ, ‘हिन्दु राष्ट्र घोषणा गर जस्ता नारा लगाइएको थियो। देशव्यापी रुपमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले नै झापामा विशाल प्रदर्शनको आयोजना गरेको हो।
भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् !










