संघ \संस्था

धनकुटा लेडी जेसीजको अध्यक्षमा विसिका श्रेष्ठ

बाहुण्डाँगी, २० मंसिर । धनकुटा लेडी जेसीजको २०२१ को शाखा अध्यक्षमा विशिका श्रेष्ठ सर्वसम्वत निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको तेस्रो शाखा अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो ।

४ वर्ष अघि प्रमिशा श्रेष्ठको नेतृत्वमा स्थापना भएको शाखाको संस्थापक कार्यकारीणी उपाध्यक्ष श्रेष्ठ, २०२० मा महासचिव पदमा रहेर आफ्नो कुशल कार्यकाल सम्पन्न गरिसक्नु भएको छ । , शाखाको कार्यकारीणी उपाध्यक्षमा विपना श्रेष्ठ र स्मिता श्रेष्ठ, उपाध्यक्षहरुमा रिना श्रेष्ठ, अमृता श्रेष्ठ, गोमा बस्नेत, उर्मी महर्जन, सचिवमा सरस्वती राई निर्वाचित भएका संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार अन्य पदहरुमा भने पदहस्तान्तरण कार्यक्रममा हस्तान्तरण गरिनेछ ।


शाखाकी अध्यक्ष रविना श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा मातृ शाखा तरहराका अध्यक्ष सुनिल तिम्सिना र पूर्व अध्यक्ष जीवन पराजुलीले निर्वाचन आयुक्तको जिम्मेवारी बहन गर्नु भएको थियो । स्मरण रहोस, धनकुटा लेडी जेसीले गत वर्ष प्रस्तावित शाखाहरु मध्येबाट देशभरकै उत्कृष्ट शाखा अवार्ड र २०२० को कार्यकालमा एरिया ए को जेसीज अफ द मन्थको अवार्ड प्राप्त गरेको थियो ।