बाहुण्डाँगी, २५ मंसिर । धनकुटा सिटि जेसीजद्धारा आयाजित अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको उपाधी दिप अंग्रजी स्कुलकी अप्सनी राईले जितेकी छिन् ।
कोभिड १९ का कारण शिक्षा क्षेत्रमा परेको असर विषयक प्रतियोगितामा राईले प्रथम स्थान हासिल गरेकी हुन् । प्रतियोगितामा त्रिवेणी माध्यमिक विद्यालयकी भावना निरौला दोस्रो र गोकुण्डेश्वर माध्यमिक विद्यालयकी समिक्षा राई तेस्रो भए ।

शाखाका अध्यक्ष रामप्रसाद गौतम अध्यक्षको सम्बोधन गर्दै
यसैगरी सोही अवसरमा आयोजित खुल्ला कविता प्रतियोगितामा शान्ता ढकाल प्रथम, मनिषा खनाल दोस्रो र जिसिका लुईटेल तेस्रो भएका थिए ।
शाखाका अध्यक्ष रामप्रसाद गौतमको सभापतित्व तथा पत्रकार महासंघ धनकसटाका अध्यक्ष राजेश्वर श्रेष्ठको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा विराटनगर जेसीजका पूर्व अध्यक्ष कैलाश खाकी, धनकुटा सिटि जेसीजका पूर्व अध्यक्ष प्रल्लाद दाहाल, रमेश पौडेल, निवर्तमान अध्यक्ष सुरेश कार्कीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम संयोजक शाखाकी कार्यकारीणी उपाध्यक्ष करुणा कटुवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।




