संघ \संस्था

कर्मणी साकोसको चौथो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा त्रिलोचन गौतम र लेखा संयोजकमा बिकास घिमिरे निर्वाचित

विकाश घिमिरे
झापा, मंसिर २७।
झापाको कमल गाउँपालिक-३ स्थित कर्मणी बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज आफ्नो चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

२०७४ सालमा २८ जना सदस्य र १ लाख ४० हजार रुपैया शेयर पुँजी बाट स्थापना भएको सहकारीले आज सम्म आईपुग्दा ५ सय ९८ जना सदस्य र ७८ लाख ६४ हजार ४ सय ३५ पैसा शेयर जम्मा गर्न सफल भएको छ भने ९ लाख ६ हजार १ सय ५१ रुपैया नाफा कमाउन सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सस्थाका अध्यक्ष त्रिलोचन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी लालप्रसाद बखिम, अतिथिहरु देउमान् भट्टराई, इन्द्रमणि अधिकारी, टंक खड्का, आशा मेन्याङबो, लगायतले साधारणसभामा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वाल बचत तर्फ सविता श्रेष्ठ, जेष्ठ नगरकि बचत जयन्तादेवी सापकोटा, कुसल ऋणी तर्फ पूजा रोक्का, दैनिक बचत तर्फ मेघनाथ भट्टराई, साधारण बचत तर्फ सन्दिप राई, कर्मणी नियमित बचत तर्फ भूमिराज भण्डारी, पेन्सन बचत तर्फ तारा आङदम्बे लाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।

सस्थाका सचिव लेखनाथ सुवेदीले कार्यक्रम सन्चालन गरेका थिएभने उपाध्यक्ष दौलत गिरी (रविनं) ले स्वगत मन्तव्य राखेका थिए ।

सहकारीको सभा कक्षमा आयोजित बन्द सत्रमा श्री कर्मणी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभाले त्रिलोचन गौतम को अध्यक्षतामा नयाँ कार्य–समिति चयन गरेको छ । नव निर्वाचित कार्य–समितिका उपाध्क्षमा दौलत गिरी, सचिवमा लेखनाथ सुवेदी, कोषाध्यक्षमा शान्तिराम दाहाल रहनु भएको छ ।

चारवर्षे कार्यकालको लागि भएको निर्वाचनमा सदस्यहरुमा जितबहादुर बानिया, धनमाया नेपाल, पार्वता थापा बस्नेत, दुर्गाबहादुर बानिया, इन्द्रराज भट्टराइ निर्विरोध निर्वाचित हुनुभएका छन् ।


लेखा समितिको संयोजकमा विकाश घिमिरे र सदस्यहरुमा सर्मिला लिम्बु र रेवतबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । नवनिर्वाचि पदाधिकारी, लेखा समितिका संयोजक र सदस्यलाई निर्वाचन मण्डल प्रमुख टंक बस्नेतले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।


संस्थाको वार्षिक प्रतिवेदनसहित अन्य एजेण्डामाथि छलफल भई सर्वसम्मत पारित भएको लेखा समिति संयोजक बिकाश घिमिरेले जानकारी दिनुभयो ।