काठमाडौं, पुस १८ । प्रदेश नम्बर नं. १ दाङमा जारी प्रधानमन्त्री कप (पीएम कप) राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । लमहीमा शनिबार भएको दोस्रो सेमिफाइनलमा लुम्बिनी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश नं.१ उपाधि नजिक पुगेको छ । अब उपाधिका लागि प्रदेश नं. १ ले आइतबार फाईनलमा एपीएफसंग प्रतिस्पर्धा गर्ने छ ।
लुम्बिनीले दिएको ५३ रनको सामान्य लक्ष्य प्रदेश नं.१ ले ८ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । प्रदेश नं.१ को लागि रुबिना क्षेत्रीले अविजित रहदै २६ रन जोडिन । यस्तै काजल श्रेष्ठ २२ रनमा अविजित रहिन् । यस अघि पहिले ब्याटिङ गरेको लुम्बिनी १४ ओभर १ बलमा अलआउट हुँदै ५२ रनमा समेटिएको थियो ।
लुम्बिनीका लागि नितु भण्डारीले सर्वाधिक २१ रन जोडेकी थिइन् । शर्मिला मगरले अविजित ७ रन जोड्दा अन्य ब्याट्सवुमनले खेल्न सकेनन् । लुम्बिनीलाई सस्तैमा समेट्न प्रदेश नं.१ की संगीता राई र निग्मा तामाङले २/२ विकेट लिईन ।

