राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहको बिर्तामोडमा प्रदर्शन (फोटोफिचर)

झापा, पुस १८ । संसद विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले शनिवार झापाको बिर्तामोडमा प्रदर्शन गरेको छ।

प्रधानमन्त्री केपी शर्मा नेतृत्वको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेकपा प्रचण्ड–नेपाल समूह अहिले देशै भर सडक संघर्षमा उत्रिएको छ ।

सोही कार्यक्रम अनुसार आज झापामा पनि बृह्त बिरोध सभा आयोजना गरेको हो । झापाको विर्तामोडमा आयोजना भएको बिरोध सभामा नेकपा प्रचण्ड–नेपाल समूहका नेता पूर्व पर्यटनमन्त्री योगेश भट्टराई, प्रतिनिधि सभा सदस्य धर्मशीला चापागाईं, संविधान सभा सदस्य रबिन कोईरालालगायतले बोलेका थिए ।

विरोध सभा अघि प्रधानमन्त्री ओलीको कदमविरुद्ध चर्का नाराबाजी गर्दै नेकपा प्रचण्ड–नेपाल समूहका नेतारकार्यकर्ताले बिर्तामोड नगर परिक्रमा गरेका थिए।