संघ \संस्था

कञ्चन जेसीजको तेस्रो अध्यक्ष राधिका चौधरी

बाहुण्डाँगी, पुस १८ । कञ्चन जेसीज बर्ष २०२१ को अध्यक्षमा राधिका चौधरी सर्वसम्वत निर्वाचित हुनु भएको छ ।
शनिवार सम्पन्न शाखाको दोस्रो साधारणसभाले चौधरीलाई अध्यक्षमा निर्वाचित गरेको हो । सैनामैना जेसीजको मातृत्वमा २०१८ मा स्थापना भएको कञ्चन जेसीजले रत्ननगर महाधिवेशनमा पूर्ण स्वीकृत पाएको थियो । चौधरी शाखाको तेस्रो अध्यक्ष हुन् । शाखाको संस्थापक अध्यक्ष चुडामणी पौडेल हुनुहुन्छ भने २०२० को नेतृत्व बाबुराम पौडेलले गर्नु भएको थियो ।

आफनो कुरा राख्नु हुँदै शाखाका अध्यक्ष बाबराम पौडेल साथमा संस्थापक अध्यक्ष चुडामणी पौडेल ।


यसैगरी शाखाका कार्यरिणी उपाध्यक्ष बुध्दि प्रसाद रेग्मी, कार्यकारिणी उपाध्यक्ष चित्रलाल तुलाचन, उपाध्यक्षहरुमा बिष्णु पौडेल, सरला ढकाल,
प्रिया तरामु, प्रकाश उपाध्याय पौडेल, सहकोषाध्यक्ष ममता काकार्की र सचिवमा दिपा थारूनिर्वाािचत हुनुभएको छ ।
यसैगरी नवनिर्वाचित अध्यक्ष चौधरीले कानुनी सल्लाहकार राजन शर्मा पौडेल, माहासचिव मोहराज शर्मा, कोषाध्यक्ष सुमन सुवेदीलाई मनोनित हुनु भएको छ । कार्यक्रम शाखाका अध्यक्ष बाबराम पौडेलको सभापतित्व तथा संस्थापक अध्यक्ष चुडामणी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

नवनिर्वाचित अध्यक्ष राधिका चौधरी