बाहुण्डाँगी, २७ पुस । अर्जुनधारा जेसीजको २०२१ को नेतृत्व जीवन खनाललाई सुम्पिएको छ ।
हालै सम्पन्न शाखाको ९ औँ अधिवेशनले खनाललाई अध्यक्षमा निर्वाचित गरेको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा
वसन्त बुढाथोकी, भीमबहादुर कुँवर (राजु), कानुनी सल्लाहकारमा रुद्र प्रसाद नेपाल, महासचिवमा प्रेम खड्का, कोषाध्यक्षमा भवानी बराल र उपाध्यक्षहरुमा बेदनारायण गोदार, शुभद्रा गेलाल (सोना), बालगोपाल गौतम
र बरुण कुमार माझी चयन भएका शाखाका पूर्व अध्यक्ष अजयकुमार देवले बताउनु भयो ।

