युवराज आचार्य
मेचीनगर, माघ ३ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा शिवसताक्षी धाम फुटबल क्लवले ब्रदर्श युनाईटेड क्लब चन्द्रगढीलाई पराजित गरेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा शिवसताक्षीले ब्रदर्श युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखत सुरुवात गरेको छ ।

मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा आज भएको प्रतियोगितामा खेलसुरु भएको पहिलो हापको ३ मिनेटमा नै शिवसताक्षीका श्याम मुर्मुले १ गोल गर्दै टिमलाई सुरुवाती अगैता दिलाएका थिए । त्यसको लगत्तै १३ मिनेटमा नै ब्रदर्श युनाईटेडका शक्ति राईले १ गोल गर्दै खेललाई बराबरीमा पुर्याए । योसंगै खेलको पहिलो हाप बराबरीमा नै सकीएको थियो ।
दोस्रो हापमा निकै आक्रमक देखिएको शिवसताक्षी टिमको सञ्जीव बुढाथोकीले २२ औ मिनेटमा १ गोल गर्दै टिमलाई जित तर्फ अगाडी बढाएका थिए । ब्रदर्श युनाईटेडले प्रयास गर्दा गर्दै पनि पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा पराजित हुनु पर्यो ।

प्रतियोगितामा उत्कृष्ट खेल्दै १ गोल गर्न सफल शिवसताक्षी क्लबका श्याम मुर्मु म्यान अफ दि म्याच घोषित भए । उनलाई दुर्गा ट्रेडर्सका प्रोपाईटर कृष्ण तिवारीले नगद सहित ट्रफि प्रदान गरे ।
भोलिको खेल काकँरभिट्टा ट्रेनिङ सेन्टर मेचीनगर र रेड स्टार फुटबल क्लब विर्तामोड बिच दिनको २ः३० बजे हुने आयोजकका सल्लाहकार डिल्लिराम अधिकारीले हाम्रो खबरपाटीलाई जानकारी दिए ।
तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका छन् ।प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि पाउने छन् ।

