स्वास्थ्य

कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराइन्छ : अर्थमन्त्री पौडेल

काठमाडौं, माघ ३ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कोरोना विरुद्दको खोप छिटो उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिएका छन् । शनिबार ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले खोप आयातको लागि सरकारले आवश्यक बजेटको प्रबन्ध गरिसकेको जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरुले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सम्पूर्ण नेपालीलाई Read More…

खेलकुद

शिवसताक्षी धाम फुटबल क्लव विजयी

युवराज आचार्य मेचीनगर, माघ ३ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको शनिबार सम्पन्न खेलमा शिवसताक्षी धाम फुटबल क्लवले ब्रदर्श युनाईटेड क्लब चन्द्रगढीलाई पराजित गरेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा शिवसताक्षीले ब्रदर्श युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखत सुरुवात गरेको छ । मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा Read More…

खेलकुद

प्रदेश १ विरुद्ध एपिएफको फराकिलो जित

काठमाडौं, माघ ३ । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । एपिएफले प्रदेश १ लाई १३५ रनले पराजित गरेर प्रतियोगिताको सुखद सुरुवात गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले सुखद सुरुवात गरेको थियो । उसका लागि आसिफ शेखले ५९ रन बनाए भने सुवास खकुरेलले १९ रनको योगदान गरे । Read More…

राजनीति

नेकपाको आन्तरिक विवादका कारण संसद विघटन भयोः नेता कट्टेल

मेचीनगर, माघ ३ । नेपाली कांग्रेसका नेता राम कट्टेलले नेकपाको आन्तरिक विवादका कारण देशमा अहिलेको विषम् परिस्थिति सृजना भएको बताए । नेकपाको दुई तिहाईको सरकार हुदाँ हुदै पनि आन्तरिक विवाद समाधान गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन जस्तो असंबैधानिक कदम चालेको बताए । संसद विघटनविरुद्ध कांग्रेसले मेचीनगर–७ स्थित ईटाभट्टामा आयोजना गरेको विरोधसभालाई सम्बोधन Read More…

समाचार

मन्त्री ज्ञवाली तीनदिने भारत भ्रमण पूरा गरि स्वदेश फर्कँदै, सीमा विवादबारे यस्तो भयो सहमति

काठमाडौं, माघ ३ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नयाँ दिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेका छन् । तीन दिने औपचारिक भ्रमणमा भारत पुगेका मन्त्री ज्ञवालीले भारतीय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग आज (शनिबार) बिहान अन्तरक्रिया गरेका हुन् । शुक्रबार संयुक्त आयोगको बैठकपछि मन्त्री ज्ञवालीले दुई मुलुकबीच देखिएको सीमा विवादको समाधान गर्न नेपालले Read More…

राजनीति

नेकपा प्रदेश–१ को अगुवा कार्यकर्ता भेला आज काठमाडौंमा, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं, माघ ३ । नेकपा प्रदेश–१ को अगुवा कार्यकर्ता भेला आज काठमाडौंमा हुँदैछ । प्रदेश–१ का काठमाडौंबासी अगुवा कार्यकर्ताको भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सो जानकारी दिनु भएको हो । प्रदेश–१ को नेकपा प्रदेश सम्पर्क कमिटीले आयोजना गर्ने भेला रोयल बैंक्वेट तीनकुनेमा दिउँसो १ Read More…

खेलकुद

प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज एपीएफ र प्रदेश–१ प्रतिस्पर्धा गर्दै

युवराज आचार्य झापा, माघ ३ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरूष क्रिकेट प्रतियोगितामा आज सशस्त्र प्रहरीको विभागीय टाेली एपीएफ र प्रदेश-१ खेल्दै छन् । यी दुई टाेलीबीचकाे खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल्दै छन् । एपीएफकाे कप्तानी शरद भेषवाकर र प्रदेश-१ काे कप्तानी सिद्धान्त लोहनीले गरेका छन् । शुक्रबारदेखि सुरू भएकाे प्रतियाेगिताकाे उद्घाटन खेलमा गण्डकी Read More…

राजनीति

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले आज सबै स्थानीय तहमा प्रदर्शन गर्ने

काठमाडौं, माघ ३ । नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा प्रदर्शन गर्दैछ । प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो । पूर्व निर्धारित कार्यक्रम अनुसार कांग्रेसले प्रदर्शन गर्न लागेको हो । सभापति शेरबहादुर देउवाले सरकारको विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई आह्वान गरिसक्नुभएको छ । पुस Read More…

संघ \संस्था

सागर रोक्काले मनोहराको पदभार सम्हाले

बाहुण्डाँगी, ३ माघ । मनोहरा जेसीजको ५ औं पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज काठमाडौं मुलपानीमा कार्यक्रम सम्पन्न भएको हो । मनोहरा जेसीजले वर्ष २०२१ का लागि सागर रोक्कालाई अध्यक्षमा निर्वाचित गरेको थियो । वर्ष २०२१ का लागि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको प्रमुख अतिथ्यमा सम्पन्न पदस्थापना कार्यक्रममा निर्वाचित अध्यक्ष रोक्कालाई Read More…