खेलकुद

प्रदेश १ विरुद्ध एपिएफको फराकिलो जित

काठमाडौं, माघ ३ । प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले विजयी सुरुवात गरेको छ । एपिएफले प्रदेश १ लाई १३५ रनले पराजित गरेर प्रतियोगिताको सुखद सुरुवात गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले सुखद सुरुवात गरेको थियो । उसका लागि आसिफ शेखले ५९ रन बनाए भने सुवास खकुरेलले १९ रनको योगदान गरे । यस्तै कप्तान शरद भेषवाकरले २० रन बनाउँदा बसन्त रेग्मीले ४० रनको योगदान गरे । यस्तै सन्दिप जोराले ३० रन बनाउँदा किशोर महतोले १९ रन थपे ।

जवाफमा प्रदेश १ ले ४२.४ ओभरमा एक सय ८रनमा अलआउट भयो ।

बलिङमा एपिएफका लागि अबिनाश बोहोराले पाँच विकेट लिँदा बसन्त रेग्मीले २ विकेट लिए ।