मेचीनगर, माघ ३ । नेपाली कांग्रेसका नेता राम कट्टेलले नेकपाको आन्तरिक विवादका कारण देशमा अहिलेको विषम् परिस्थिति सृजना भएको बताए । नेकपाको दुई तिहाईको सरकार हुदाँ हुदै पनि आन्तरिक विवाद समाधान गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन जस्तो असंबैधानिक कदम चालेको बताए ।

संसद विघटनविरुद्ध कांग्रेसले मेचीनगर–७ स्थित ईटाभट्टामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता कट्टेलले सो कुरा बताएका हुन् ।
कार्यक्रममा कांगेस नेत्री उसा गुरुङ्ग, क्षेत्रिय सभापती मणी उप्रेतीलगायतका नेताहरुले संसद विघटनको चर्को आलोचना गरे । उनिहरुले सम्बोधनका क्रममा अहिलेको राष्ट्रपती विद्यादेवि भण्डारी प्रधानमन्त्री ओलीको मत्र भए जस्तो गरी ओलीले भनेको र अह्राएका काम गरेको आरोप लगाए ।

कार्यक्रममा कांग्रेसबाट निर्वाचित मेचीनगर वडा नम्बर ४ का वडा अध्यक्ष नविन बराल मेचीनगर–५ का वडा अध्यक्ष योगेन थापामगर, मेचीनगर–९ का वडा अध्यक्ष गोपाल खड्कालगायतका जनप्रतिनिधिहरु सहित नेपाली कांगेस जिल्ला सदस्य पुष्पराज पौडेललगायतको नेता तथा मेचीनगर कांगेसका क्रियाशिल सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रम नेपाली कांग्रेस मेचीनगर सभापति ईन्दबहादुर बुढाथोकीको सभापतित्वमा आयोजना भएको थियो ।


