संघ \संस्था

सागर रोक्काले मनोहराको पदभार सम्हाले

बाहुण्डाँगी, ३ माघ । मनोहरा जेसीजको ५ औं पदस्थापना तथा पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज काठमाडौं मुलपानीमा कार्यक्रम सम्पन्न भएको हो ।
मनोहरा जेसीजले वर्ष २०२१ का लागि सागर रोक्कालाई अध्यक्षमा निर्वाचित गरेको थियो । वर्ष २०२१ का लागि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालको प्रमुख अतिथ्यमा सम्पन्न पदस्थापना कार्यक्रममा निर्वाचित अध्यक्ष रोक्कालाई वर्ष २०२० का अध्यक्ष निशान्त गौतमले चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो । यसैगरी अध्यक्ष सागर रोक्काले वर्ष २०२१ का लागि मनोनित गर्नु भएका सदस्य र निर्वाचित सदस्यहरुलाई सामुहिक सपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा बागमति प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेपाल जेसीजका महासचिव सिनेटर विकास मानन्धर, कानुनी सल्लाहकार गोकुल सापकोटा, कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाई, सुमनकृष्ण श्रेष्ठ निरुपित उपाध्यक्ष गौतम शाह, सोही शाखाकी पूर्व अध्यक्ष तथा राष्टिय उपाध्यक्ष रजनी थापा जेसिजका राष्ट्रिय उपाध्यक्ष रजनी थापा, राष्ट्रिय उपाध्यक्ष प्रमिशा काफ्ले, राष्ट्रिय कोषाध्यक्ष रबिन्द्र भट्टराई, मनोहरा जेसिजका संस्थापक अध्यक्ष जगत राज ढुंगाना, बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, गोकर्णेश्वर नगरपालिका कि उप प्रमुख शान्ती नेपाल, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ का क्षेत्रीय सभापति उपेन्द्र कार्की, संबिधान सभा सदस्य दिपक कुइकेल कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष मकुन्द प्रसाद गजुरेल,बिपी संग्राहलयका संस्थापक अध्यक्ष परशुराम पोखरेल, समाज सेवी तथा नेपाल भलिबल संघका उपाध्यक्ष लायन कुमार राज सुवेदी, नेपाल तरुण दल काठमाडौंका अध्यक्ष कृष्णजी खड्का,
तथा शाखाका पूर्व अध्यक्षहरुलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले टिममा मिलेर नेतृत्व विकासका साथै समाजसेवामा उदाहरणीय कार्य गर्न आग्रह गर्नु हुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भयो ।

बर्ष २०२१ का लागि मनोहरा जेसिजका पदस्थापित अध्यक्ष सागर रोक्काले सबैसँग मिलेर युवाहरुको नेतृत्व क्षमता विकासका साथै समाजसेवाको क्षेत्रमा पनि मनोहरा जेसिसलाई अगाडी बढाउने प्रतिबद्धता व्यक्त गर्नु हुँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो । रोक्काले कागेश्वरी मनोहराका ९ वटै वडा समेटेर सार्थक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

नेपाल तरुण दल काठमाडौंका अध्यक्ष कृष्णजीत खड्काले मनोहरा जेसीजको नयाँ कार्यसमितिले कागेश्वरी मनोहरा क्षेत्रका युवाको नेतृत्व क्षमता विकास र उद्यमशीलता विकासका लागि उदाहरणीय कार्य गर्न सफल हुने विश्वास व्यक्त गर्नु भयो ।