मेचीनगर, माघ २ । मेचीनगरको काँकरभिट्टामा जारी स्व अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको शुक्रबार सम्पन्न खेलमा रोलिङ फुटबल क्लब धुलाबारी विजयी भएको छ । रोलिङ क्लबले बेलबारी फुट्बल क्लव मोरङलाई ४–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखत सुरुवात गरेको छ ।
मेचीनगर–६ स्थित तुर्केनी खेल मैदानमा आज भएको खेलमा विजयी टिमको तर्फबाट अजय धिमालले २ गोल तथा रन्जित लिम्बु र सुभास खवासले १/१ गोल गरे । पराजित टिमको तर्फबाट दिलिप पौडेल र प्रकाश खत्रीले १/१ गोल गरे ।
प्रतियोगितामा उत्कृष्ट खेल्दै २ गोल गर्न सफल रोलिङ क्लबका अजय धिमाल म्यान अफ दि म्याच घोषित भए । उनलाई मेचीनगर–१० का वडा अध्यक्ष सुदय पनेरुले नगद सहित ट्रफि प्रदान गरे ।
भोलिको खेल शिवसताक्षी फुटबल क्लब र ब्रदर्श युनाईटेड क्लब चन्द्रगढी बिच दिनको २ः३० बजे हुने आयोजकले हाम्रो खबरपाटीलाई जनाएको छ ।
तुर्केनी फुटबल क्लवको आयोजनामा सञ्चालित प्रतियोगितामा ९ वटा टिमले सहभागिता जनाएका छन् ।प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि पाउने छन् ।

