खेलकुद

पूर्वेली युथ क्लब फाईनलमा प्रवेश

झापा, जेष्ठ २५ । प्रथम बिर्तामोड गोल्डकप अन्तर्गत शनिबार भएको खेलमा पूर्वेली युथ क्लब बिर्तामोड विजयी भएको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सञ्चालन भएको पहिलो सेमीफाईनल खेलमा पूर्वेली युथ क्लब बिर्तामोडले जलथल फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । दोस्रो हाफको तेस्रो मिनेटमा डिबक्स भित्र जलथलका खेलाडी अभिषेक लिम्बूको हातमा बलले छोएपछि पूर्वेलीले पेनाल्टी पाएको थियो । पाएको पेनाल्टीको सदुपयोग गर्दै पूर्वेलीका कप्तान बिक्की चौधरीले जालीचुमाउदै टिमलाई सफलता तर्फ लगेका थिए । उनको गोल नैटिमको जीतका लागि निर्णायक बन्यो ।
खेलको म्यान अफ दि म्याच पूर्वेली युथका दिवस उराव घोषित भए । उनलाई बिर्तामोड ५ का वडा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन र सदस्य डिआर कडरियाले नगद तीन हजार रुपैयाँ प्रदान गरे ।
रेड स्टार एफसी बिर्तामोडले आयोजना गरेको गोल्डकपको विजेताले नगद १ लाख ५० हजार १११ र उपविजेताले ७५ हजार १११ रुपैयाँसहित ट्रफी पाउने छ । भोलि आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक रेड स्टार फुटबल क्लब र सुनसरीको पाञ्चायन फुटबल क्लबबीच हुनेछ ।

Leave a Reply

Your email address will not be published.