समाचार

सुशासन कायम गर्न नसक्दा भ्रष्टाचार बढ्यो: वामदेव गौतम

काठमाडौ‌ं, माघ २ । राष्ट्रिय सभाका सदस्य तथा नेता वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त बन्दै गएको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्र्तगत दिगो विकास तथा सुशासन समिति सदस्यका रुपमा पहिलोपटक समिति बैठकमा सहभागी हुँदै उनले भ्रष्टाचार व्याप्त बनेको बताएका हुन् ।

देशमा भ्रष्टाचार समाप्त गर्ने प्रभावकारी काम हुन नसकेको भन्दै गौतमले भने, ‘सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरे पनि व्यवहारमा देखाउन सकेन, भ्रष्टाचार अन्त्य गर्न विभिन्न कानुन, नियम बनेको छ तर लागू नगर्नु ठूलो गल्ती हो ।’

यस्तै गौतमले विकासको नाममा प्राकृतिक जटिलता उत्पन्न हुँदा मानिसको आयु घट्दै जाने बताए । बैठकमा बोल्दै उनले प्रतिनिधि सभा र राष्ट्रिय सभाको मानमर्यादा र काम कारबाहीमा विभेद भएकाले यसको अन्त्य गर्न आफ्नो योगदान रहने बताएका थिए ।