काठमाडौं, माघ ३ । नेकपा प्रदेश–१ को अगुवा कार्यकर्ता भेला आज काठमाडौंमा हुँदैछ ।
प्रदेश–१ का काठमाडौंबासी अगुवा कार्यकर्ताको भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सो जानकारी दिनु भएको हो ।
प्रदेश–१ को नेकपा प्रदेश सम्पर्क कमिटीले आयोजना गर्ने भेला रोयल बैंक्वेट तीनकुनेमा दिउँसो १ बजे सुरू हुने बताइएको छ ।

