बाहुण्डाँगी, माघ १० । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले मेचीनगर लेडी जेसीजले सञ्चालन गर्दै आएको जेसीज गाउँलाई आफ्नो कार्यकालमा अझ सार्थक बनाएर लैजाने बताउनु भएको छ । शनिवार शाखाको सातौँ पदहस्तान्तरण समारोहलाई झापाको धुलावारीमा सम्बोधन गर्दै अध्यक्ष खनालले आफ्नो २०२१ को प्लान अफ एक्सन नै एक शाखा एक जेसीज गाउँ बनाउने भएकाले मेचीनगरले २०१८ देखि नै यो अभियानमा जोडिएर समाजमा फरक पहिचान स्थापित गर्न सफल भएको बताउँदै सार्थक बनाएर जान तयार भएको बताउनु भयो ।
‘म अत्यन्तै खुसी छु अध्यक्ष खनालले भन्नु भयो –’‘तपाईहरुले सञ्चालन गरेको जेसीज गाउँ र बृद्धाआश्रम भवन निर्माण कार्य नेपाल जेसीजका लागि ठूलो त्याग र बलिदान रहेको छ । यसलाई पूर्ण रुपमा अघि बढाउन तपाईहरु नयाँ योजना लिएर नेपाल जेसीजमा आउनुहोस नेपाल जेसीज लगानी गर्न तयार छौँ ।’
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष खनालले २०२१ को तालिमलाई प्रत्येक क्षेत्रमा प्रतिष्ठानका रुपमा अघि सारेर फरक रुपमा सञ्चालन गर्ने बताउँनु भयो । साथै उहाँले हरेक युवाहरुलाई व्यवसायिककरण बनाउन र जेसीजहरुलाई सीपमुलक बनाउन योजनाका साथ आउने र त्यसमा साथ दिन सबैलाई आग्रह गर्नु भयो ।
मेचीनगर लेडी जेसीजको स्थापना हुँदा आफु राष्टि’««य महासचिव रहेको स्मरण गर्दै अध्यक्ष खनालले शाखाले गर्ने हरेक कार्यमा सहकार्य गर्दै अघि बढ्ने बताउनु भयो । साथै उहाँले २०२० को टिमले सामुदायिक क्षेत्रमा गरेको उल्लेखिय योगदानको प्रशंसा गर्दै निरन्तर अभियानका लागि शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रमका विशेष अतिथि नेपाल जेसीज २०२१ का कानुनी सल्लाहकार गोकुल सापकोटाले जेसीज सिक्ने र सिकाउने थलो भएको संस्था भएकाले यहाँबाट उत्पादन भएका जनशक्तिले समाजमा फरक पहिचान स्थापित गरेको बताउनु भयो । साथै उहाँले २०२० मा आफु सामुदायिक क्षेत्रको कार्यकारीणी उपाध्यक्ष भएकाले मेचीनगर लेडी जेसीजले विषम परिस्थितिका बाबजुत पनि सामुदायिक क्षेत्रमा गरेको कार्य आफुले कहिलै नविर्सने बताउनु भयो ।
सोही समारोहमा संस्थापक अध्यक्ष कविता शर्माले स्थापना गर्नु भएको सावित्री पर्शुराम स्मृति अवार्डबाट अनिता गुरागाई खनाल र पूर्व अध्यक्ष टिका सुवेदीले स्थापना गर्नु भएको जयन्ती बराल स्मृति अवार्डबाट सुनिता थापालाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिको नाम पूर्व अध्यक्ष सुनिता पनेरुले घोषणा गर्नु भएको थियो ।
सोही समारोहमा २०२१ की अध्यक्ष शुसिला खतिवडालाई २०२० की अध्यक्ष तुलसा दंगालले आफ्नो गलामा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराउनु भएको थियो । विदाइ मन्तव्यमा बोल्दै अध्यक्ष दंगालले आफुले सोचे अनुसार कार्य गर्न नसके पनि जेसीज गाउँमा निर्माण गरेको लाफा दिदीको घरबाट जीवनकै सबै भन्दा खुसी महसुस भएको बताउँदै आफ्नो कार्यकालमा साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।
साथै नवनिर्वाचित अध्यक्ष खतिवडाले महासचिवमा सीता पुरी, कोषाध्यक्षमा शान्ता तिवारी सिटौला, कानुनी सल्लाहकारमा मञ्जु खनाल, तालिम संयोजकमा पवित्रा प्रसाई लाई मनोनित गर्नु भएको छ । साथै अन्य विभिन्न पदहरुमा समेत मनोनित गर्नु भएको थियो । सबै मनोनित र निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।
शाखाकी अध्यक्ष तुलसा दंगालको सभापतित्व सम्पन्न कार्यक्रममा शाखाकी संस्थापक सल्लाहकार लक्ष्मी राई र मातृ शाखा धुलावारी जेसीजका अध्यक्ष सागर खनालले बोल्नु भएको थियो ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर अनिल भेटवाल, अग्रज साहित्यकार तराख, फलहारी, कञ्चनजंगा एफ एमका प्रबन्धक निर्देशक चन्द्र भण्डारी, लोकतन्त्र पोष्टका संपादक मोहन काजी, धुलावारी जेसीजका पूर्व अध्यक्षहरु, शाखाका पूर्व अध्यक्षहरु विभिन्न शाखाका अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुलगायतको सहभागिता रहेको थियो । शसिला खतिवडा र सीता पुरीले गर्नु भएको थियो ।

