बाहुण्डाँगी, माघ १० । ईमाडोल जेसीज वर्ष २०२१ का अध्यक्ष सुदन थापाले जेसीजले युवा नेतृत्व तयार पारेर समाजलाई हस्तान्तरण गर्न सधै लागि पर्ने बताएका छन् ।
१० औं पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुख्यत सामाजिक, व्यक्तिगत, अन्तर्राष्ट्रिय तथा व्यावसायिक क्षेत्रका लागि आवश्क पर्ने युवा जनशक्ती तयार पार्नका लागि विभिन्न कार्यक्रम तयार पारिएको बताए ।
ईमाडोल जेसिजले वर्ष २०२१ को लागि तयार पारेको कार्यक्रमले ईमाडोलमा रहेका युवा जमातलाई जेसिजमा लाग्न उत्प्रेरित गर्न विश्वास रहेको पुर्व अध्यक्ष सावित्री ढुंगानाले बताईन ।
कार्यक्रम शाखा अध्यक्ष सोनितराज ढुङ्गेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

