बाहुण्डाँगी माघ १० । धनकुटा लेडी जेसीजले शनिवार आधारभुत विघ्यालय उत्तरपानी, धनकुटा १० का ३५ जना विपन्न, फरक क्षमता भएका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको छ ।

आर्थिक रुपमा विपन्न तथा फरक क्षमता भएका वालबालिका लाई सहयोग गर्ने उद्देश्यले तथा धनकुटा बजार भन्दा विकट ठाउँ भएकोले धनकुटा लेडी जेसीज कि अध्यक्ष जेसी बिसिका श्रेष्ठले न्यानो कपडा वितरण कार्यक्रमको आयोजना गरिएको हो । आधारभुत विघ्यालयमा भएको कार्यक्रममा धनकुटा लेडी जेसीजकी अध्यक्ष बिसिका श्रेष्ठको सभापतित्व तथा व्यवस्थापन अध्यक्ष खड्क प्रसाद भट्टराई र प्राध्यापक उत्तम प्रसाद भट्टराई को प्रमुख आतिथ्यमा भएको थियो साथै त्य विघ्यालयको शिक्षक, शिक्षिका र धनकुटा(४ मार्गेश्वरी विघ्यालयको प्राध्यापक श्री श्रावण कुमार राई ज्युको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा धनकुटा लेडी जेसीजकी संस्थापक अध्यक्ष प्रमिसा श्रेष्ठ तथा धनकुटा लेडी जेसीज वर्ष २०२१ का प्रथम पुरुष जेसीज श्रेष्ठ ज्युको आतित्थता थियो।

कार्यक्रममा धनकुटा लेडी जेसीज बर्ष २०२१ कि कार्यकारिणी उपाध्यक्ष जेसी स्मिता जोशी, कार्यकारिणी उपाध्यक्ष जेसी विपना श्रेष्ठ, उपाध्यक्ष जेसी उर्मिला महर्जन, उपाध्यक्ष जेसी रिना श्रेष्ठ, उपाध्यक्ष जेसी अमृता श्रेष्ठ, सह(सचिव जेसी सरस्वती राईको उपस्थिति रहेको थियो।

