संघ \संस्था

‘शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरी र नागरिकको सम्बन्ध सकारात्मक हुन आवश्यक’: दाहाल

मेचीनगर माघ १२ । प्रहरी नायव उपरीक्षक सुनिल दाहालले समाजमा शान्ति सुरक्षा व्यवस्थापन गर्न प्रहरी र नागरिकको सम्बन्ध सकारात्मक हुनुपर्ने औंल्याएका छन् ।

एक हप्ताअघि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको जिम्मेवारी सम्हालेका उनले सोमबार सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन् ।

प्रहरीले शान्ति सुरक्षा कायम गराउने भए पनि सुरक्षा व्यवस्थापनका लागि सरोकारवालाको भूमिका आवश्यक रहेको डिएसपी दाहालको भनाई थियो ।

प्रहरी र पत्रकारबीचको सम्बन्धमा कहिलेकाहीँ फाटो आउने गरेको भन्दै उनले दुवैको काम चुनौतिपूर्ण रहेकाले दुवैपक्षबीच सकारात्मक सम्बन्ध नसके शान्ति सुरक्षामा सहयोग पुग्ने बताए ।

प्रचलित ऐन कानूनको परिधिमा रहेर प्रहरीले काम भएकाले त्यही सीमारेखाभित्र रहेर ऐन कानून बमोजिम प्रहरीले अपराध अनुसन्धान र रोकथाम गर्ने उनले बताए ।

सो अवसरमा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी, झापा शाखाका सचिव सन्तोष आचार्य, प्रेस संगठनका जिल्ला अध्यक्ष मुक्ति पौडेल, प्रेस क्लब मेचीनगरका उपाध्यक्ष शिशिर चौंलागाईं, सचिव जि.आर धिताल, हाम्रो खबरपाटी डटकमका देबु बानियाँलगायतले बोलेका थिए ।

नेपाल प्रहरी एक नम्बर प्रदेश कार्यालयबाट सरुवा भई काँकरभिट्टा आएका डिएसपी दाहालले त्यसअघि प्रहरी निरीक्षकका रुपमा तीनवर्ष झापामा सेवा गरेका थिए ।