बाहुण्डाँगी माघ, १३ । उदयपुर जेसीजको आयोजनामा मंगलवार लैङिक हिंसा विरुद्धको कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समय समाजमा बढ्दै गएको लैङिक हिंसालाई न्यूनिकरण गर्ने लक्ष्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

उदयपुरमा रहेको त्रियुगा माध्यमिक विद्यालयमा अध्ययनरत ९ र १० का विद्यार्थीहरुका विच उक्त कार्यक्रम गरिएको हो । कार्यक्रमका प्रशिक्षक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमले हिंसा घरबाहिर मात्र हुन्छ भन्ने होइन घरभित्रै पनि लैङिक हिंसा हुने भएकाकले यसको अन्त्य गर्न विद्यार्थीहरुको अहम भूमिका रहको बताउनु भयो ।

शाखाकी अध्यक्ष सबु थापा (शर्मिला) को सभापतित्व तथा मासबेस उदयपुरका अध्यक्ष नजबुल खानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा त्रियुगा माध्यमिक विद्यालयका प्रधानाध्यापक सुभाष विष्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक बेदप्रसाद गौतमलगायतले लैङिक हिंसाका बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।



