संघ \संस्था

१ नम्बर प्रदेश सभाको बैठक २५ गतेका लागि आह्वान

विराटनगर, माघ १८ । प्रदेश १ को प्रदेश सभाको बैठक २५ गते आइतबारका लागि आह्वान भएको छ ।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आज एक विज्ञप्ति जारी गर्दै अर्को आइतबारका लागि बैठक बोलाइएको जानकारी दिएका छन् ।

प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गते सुरु भएर अनिश्चितकालका लागि स्थगित भएको थियो । त्यसपछि आज सभामुखको आदेशानुसार सचिव पराजुलीले बैठक बोलाएका हुन् ।

प्रदेश सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले अविश्‍वासको प्रस्ताव दर्ता गरेको छ ।