विचार

बन्द हडताल के का लागि ?

लिजा भण्डारी
झापा, माघ २२ ।
२-३ महिना अघिसम्म कोरोनाले गर्दा जनता र देश थला पर्ने गरिसम्म सबै मिलेर देशनै बाँडीचुँडी हुन्छ या त्यस्तो महामारीको बेलामा समेत जनताले तिरेको कर सोहरेर हुन्छ पेट त भरेका नै थिए। अहिले उनीहरूको भागबन्डा नमिल्दा सबैले दुःख पाउनुपर्ने ? काम गर्ने ले गर्न पाएनन, पढ्ने ले पढ्न पाएनन्, गन्तव्यमा पुग्नु पर्नेहरु बाटोमै अलपत्र परे, बिरामीले समयमा अस्पताल पुग्न पाएन। आखिर यो सब के को लागी? आफ्ना लागि आफै मेहेनत गरिखानेलाई गर्न नदिने अनि जनता को लागि लडेको भन्दै गर्दा अलिकति असह्य भएन?

अब यो बाटोमा झण्डा बोक्दै, कुर्सीको आन्दोलन गर्दै, बन्द गर्दै, टायर बाल्दै, तोडफोड गर्दै हिड्नेलाई नै फेरि पनि भोट हाल्ने? गरिब मजदुर को ट्याक्सी जलाउने, एम्बुलेन्स फोड्ने अनि गरिब किसानको तरकारी फाल्ने माहान क्रान्तिकारी हरुलाई बहिस्कार गर्न सक्ने क्षमता आम जनतामा छ। तर अब कहिले हो बुझ्ने? देश कता तिर जादैं छ एक पटक कुनै पार्टीको कार्यकर्ता होइन नेपाली जनता भएर विचार गरौ, सत्ता र कुर्सीका लागि गरिएको जनता मारा कथित नेपाल बन्दमा जनताले अर्बौको क्षति ब्योहोर्नु परेको छ!

कमिला लाई दशा लागेपछि प्वाख पलाउछ भने झैँ अहिले यो उग्रबादी आम हडताल वालाहरु लाई महादशा नै लागेको होला। जनतालाई दुख, कष्ट दिन, आफ्नो दुस् प्रभाब देखाउन अनेक अनेक बाटो अपनाएका छन। तर जनताले भोग बिलास गर्न नपाएर पानी बिना को माछो झैँ छट् पटाएका खर्बपति महाजनहरुलाई राम्रोसँग पहिचान गरिसकिएको छ। नेपालीले आफ्नो क्षमता सहि समयमा सहि तरिकाले उपयोग गर्ने हो भने यस्ता अराजक आतंकहरुलाई आगामी निर्वाचन मार्फत कहिले पनि नेपाली राजनीतिमा उठ्न नसक्ने गरि ठेगान लगाउने छ।

बिरोध गर , सक्छौ भने आ-आफ्नो ठाँउबाट आवाज उठाउ तर दिउँसो भरी काम गरेर साझको छाक टार्ने सोझा गरिब दुखिलाई बन्दको आवान गरेर उनिहरुको भोको पेटमा लात हान्ने काम बन्द गर !१ दिन काम पाएनन भने कति नेपाली जनताले भोकै पेट सुत्नु पर्छ त्यो पनि याद रहोस्। आखिर बन्द हडताल तोडफोड जे गरेनी मर्ने त तिनै गरिब दुखी नै त हुन नि। बन्द गर्नैपर्दा महङ्गी बन्द गर्नु, कालाबजारी बन्द गर्नु, भ्रष्टाचार बन्द गर्नु, बेरोजगारी बन्द गर्नु, गरिबी बन्द गर्नु केहि नसके घुस खाने मुख नै बन्द गर्नु।