राजनीति

नेबिसंघ धुलाबारी माविको सभापतिमा बिवश

मेचीनगर, माघ २५ । धुलाबारी मावि नेपाल विद्यार्थी संघ (नेबिसंघ) ईकाई कमिटीको सभापतिमा बिवश न्यौपाने चयन भएका छन् ।

अाईतबार धुलाबारी मावि परिसरमा सम्पन्न अधिवेशनले न्यौपानेको सभापतित्वमा ७५ सदस्यीय कमिटी चयन भएका हुन् । समितिकाे उपसभापतिमा पूजा सङ्ग्रौला, दिया कुवँर, बिनिता थापा र सौगात उप्रेती सचिवमा सन्देश निरौला र रिया ढुङ्गाना चयन भएका छन् ।

त्यसैगरी सहसचिवमा संकेत शिवाकोटी, बिभिका श्रेष्ठ दिक्षा सिलवाल, प्रिया निरौला, प्रेरणा ढुङ्गाना, कोषाध्यक्षमा अभिषेक शाह, सह कोषाध्यक्षमा अङ्कित दाहाल र रोशनी उप्रेती चयन भएका छन्।

नेविसंघ झापा प्रवक्ता सञ्जय निरौला प्रमुख अतिथि रहेको उक्त अधिवेसनमा नेविसंघ झापा सहसचिव एवम काकडभिट्टा क्याम्पस स्वबियु सभापति सुरज सुवेदी लगायत वक्ताहरुले नेविसंघका बिषयमा प्रकाश पारेका थिए ।

शैलेस गौतमको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम श्रृजित जङ्ग ढुङ्गानाले संचालन गरेका थिए ।