बाहुण्डाँगी धनकुटा लेडी जेसीजले महिलालाई सचेत र एकतावद्धरूपमा सामुहिक लक्ष्य प्राप्तीको लागि संगठित र जागरूक बनाउने उद्देश्यले
“Pre- Induction & Motivational Training” तालिम । सम्पन्न गरेको छ ।
शाखाका १५ जना सदस्य रहेको तालिममा नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर अनिल भेटवालले प्रशिश्रण गराउनु भएको थियो ।

सहभागिलाई प्रशिश्रक भेटवालले महिला जेसीजको विगत, वर्तमान र भविष्यका बारेमा जानकारी गराउँदै जेसीज अभियानमा महिला शाखाको महत्वका बारेमा जानकारी गराउनु भएको थियो । साथै उहाँले नयाँ शाखाका रुपमा रहेको धनकुटा लेडीले छोटो समयमा गरेको उपलब्धीलाई दिर्घकालिन रुपमा बचाइराख्न जिम्मेवारी पूर्वक काम गर्दै अघि बढ्न सुझाव दिनु भएको थियो ।

धनकुटा लेडी जेसीजकी अध्यक्ष बिसिका श्रेष्ठको सभापतित्व तथा पूर्व अध्यक्ष भेटवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ, धुलावारी जेसीजका पूर्व अध्यक्ष विपुल श्रेष्ठको सहभागिता रहेको थियो ।

कार्यक्रममा धनकुटा लेडी जेसीज बर्ष २०२१ कि तालिम संयोजक शोभा श्रेष्ठले संयोजन गर्नु भएको थियोे भने कार्यक्रममा आस्था पाठ कोषाध्यक्ष मुना पोखरेल र स्वागत मन्तवय कार्यकारिणी उपाध्यक्ष स्मिता श्रेष्ठ तथा सञ्चालन महासचिव कला राईले गर्नु भएको थियोे ।

