संघ \संस्था

प्रेस काउन्सिल नेपालको सदस्यमा पोखरेल नियुक्त

झापा, फागुन १३ । प्रेस काउन्सिल नेपालको सदस्यमा गणेश पोखरेल नियुक्त भएका छन् ।

सञ्चार मन्त्रालयले उनीलगायत दोखलाका चिरञ्जीवी मास्के, दाङका सरद अधिकारी, कञ्चनपुरका हरि जोशीलाई पनि नियुक्ति गरेको छ ।

पोखरेल प्रेस संगठन नेपालका प्रदेश नम्बर १ का अध्यक्ष हुन् । उनी रेडियो भिजनका प्रबन्ध निर्देशक तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पनि हुन् ।