बाहुण्डाँगी । बुधबारे जेसीजका संस्थापक अध्यक्ष प्रकाश शिवाकोटीले बुधबारे जेसीजको भवन निर्माणका लागि आपूmले २ लाख ५१ हजार रुपैँया सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि भूमिका खेल्ने विश्वव्यापी संस्था जेसीजको भवन निर्माण गर्न आपूmले सो मुुल्य बराबरको सहयोग गर्ने घोषणा गर्नुभएको हो ।
बुधबारे जेसीजका पूर्व अध्यक्षहरुसँग शनिबार बुुधबारे जेसीज वर्ष २०२१ का पदाधिकारीहरुले भवन निर्माणका विषयमा योजना तय गर्न गरिएको संयुक्त छलफलमा शिवाकोटीले सो घोषणा गर्नुभएको हो ।
युुवाहरुको नेतृत्व क्षमता विकास तथा व्यक्तित्व विकासका लागि सबैको साथ सहयोग आवश्यक भएको बताउँदै सबैलाई यस कार्यमा जुुट्न पनि उहाँले आग्रह गर्नुभयो ।
सो छलफल कार्यक्रममा बुधबारे जेसीजका संस्थापक अध्यक्ष शिवाकोटी, पूर्व अध्यक्षहरु फडिन्द्र चापागाई, सेमन्त पोखरेल, रमेश बराल, अध्यक्ष अनिल वाग्ले, कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाल, कानुनी सल्लाहकार गजुुहाङ योङहाङ, महासचिव सुजित बराल, उपाध्यक्षहरु अनिल घिमिरे, विनोद रिजाल, सामाजिक व्यक्तित्व गुुरु ओली सहित कार्यसमितिका पदाधिकारीको उपस्थिति थियो ।

