संघ \संस्था

सांसद् मैनालीद्वारा प्रेस क्लब मेचीनगरको कार्यालय उद्घाटन

मेचीनगर, चैत १ । प्रेस क्लव मेचीनगरको कार्यालय उद्घाटन भएको छ । मेचीनगर–६ स्थित काकँरभिट्टामा सञ्चालनमा आएको क्लवको कार्यालय उद्घाटन प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले रिवन काटेर गरे ।

कार्यक्रमका प्रमुख अतिथि मैनालीले उद्घाटन कार्यक्रममा बोल्दै पत्रकारिताको स्थापित मूल्य र मान्यतालाई अक्षरस पालना गर्दै सञ्चार क्षेत्रको गरिमालाई भुल्न नहुनेमा जोड दिए । साथै उनले प्रेस क्लव सञ्चालनका लागि खोलीएको कार्यलयको छ महिनाको कोठा भाडा समेत तिरिदिने घोषणा गरे ।

उद्घाटनका अवसरमा विशेष अतिथि मेचीनगर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ललित तामाङले प्रेस क्लबले आफ्नो कार्यालयका लागि मेचीनगर ६ लाई रोजेेेेेकोमा सम्पूर्ण टिमलाई स्वागत गर्दै धन्यवाद दिए । साथै अध्यक्ष तामाङले पनि क्लवको कार्यालय सञ्चालनका लागि ६ महिनाको कोठाभाडा तिरिदिने बचन बद्धता जाहेर गरे ।

त्यसक्रममा मन्तव्य राख्दै पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष एकराज गिरी, सचिव सन्तोष आचार्य, पूर्व केन्द्रिय सदस्य मोहन काजी, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष द्वय मुक्ति पौडेल र ज्ञानेन्द्र निरौला, ईलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख प्रहरी नायव उपरिक्षक सुनील दाहाललगायतका अतिथिहरुले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिदै हाम्रो समाजमा जोसुकैबाट गल्ती भएको पत्रकारले थाहा पाए त्यसलाई लुकाउनु साटो जनता सम्म ल्याई पत्रकारले आफ्नो धर्म निर्वाह गर्नु पर्ने बताए ।

कार्यक्रममा छड्के अनुशन्धान साप्ताहिक पत्रिकाका सञ्चालक बालकृष्ण थापा, जनसंसद दैनिकका प्रधान सम्पादक झुलन रेग्मी, मेची आवास साप्ताहिकका सम्पादक प्रकाशक डम्बर बराल, इलाका प्रहरी कार्यालय धुलाबारी प्रमुख प्रहरी निरिक्षक विकास राई, सशस्त्र प्रहरी बल काँकरभिट्टा प्रमुख प्रहरी निरिक्षक प्रेेेम राई, फोटो पत्रकार संघ झापा अध्यक्ष विनोद पाण्डे, आदिवासी जनजाती पत्रकार मञ्च प्रदेश नं १ की भुमिका सुब्बालगायत विभिन्न राजनीतिक दल एवँ सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता थियो ।

साथै सोही अवसरमा नेपाल पत्रकार महासंघको नँया सदस्यता प्राप्त गर्ने प्रेस क्लब मेचीनगरका कार्य समितिमा रहेका शिशिर चम्लागाई, जिआर धिताल, रिता दाहाल, हेमन्त निरौला, युवराज आचार्य र माया लामिछानेलाई कार्यक्रमका प्रमुख अतिथि मैनाली लगायत अतिथिहरुले अबिर र खदा पहिर्याएर सम्मान गरेका थिए ।

प्रेस क्लब मेचीनगर अध्यक्ष लक्षी उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्वागत उपाध्यक्ष शिशिर चम्लागाई र सञ्चालन सचिव जिआर धितालले गरेका थिए ।