संघ \संस्था

सिद्धार्थ जेसीजको एक वर्ष देखिको समस्या समाधान, अध्यक्षमा गोपाल ज्ञवाली

देबु बानियाँ
बाहुण्डाँगी, चैत १ । सिद्धार्थ जेसीजमा उत्पन्न एक वर्षदेखिको शाखाको समस्या समाधान भएको छ ।
आइतवार (आज) दिउँसो भैरहवामा सम्पन्न विशेष भेलाले शाखाको समस्यालाई हल गरेको हो ।नेपाल जेसीजको बुटवलमा सम्पन्न पहिलो बोर्ड बैठकले १५ दिन भित्रमा शाखाको समस्या समाधान गर्न म्यान्डेड जारी गरेको थियो । योसँगै यस क्षेत्रका निरुपित कार्यकारीणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठको संयोजक्त्वमा गठित समस्या समाधान समितिमा कानुनी सल्लाहकार गोकुल सापकोटा र निरुपित उपाध्यक्ष सुजन बरुवालको शुक्रवार नै भैरहवा पुगेको थियो । भैरहवमा भएको लामो छलफल र बहसपछि २०२१ को शाखा अध्यक्षको टुङ्गो लागेसँगै समस्या समाधान भएको छ ।


भेलाले सिद्धार्थ जेसीजको २०२१ को अध्यक्षमा गोपाल ज्ञवालीलाई निर्विरोध निर्वाचित गरेको छ । उनी यस अघि मंगल भण्डारीको टिमबाट निर्वाचित भएका थिए । उता अर्का अध्यक्ष बनेको जीवन पौडेललाई कार्यकारीणी उपाध्यक्षमा निर्विरोध निर्वाचित गरिएको छ । पौडेल भुवन राणाको टिमबाट अध्यक्ष बनेका थिए ।


गत वर्ष शाखाबाट निर्वाचित अध्यक्ष मंगल भण्डारीलाई निर्वाचन पक्रिया गलत भएको कारण देखाउँदै नेपाल जेसीजमा मुद्धा परेपछि नेपाल जेसीजले भुवन राणालाई अध्यक्ष घोषणा गरेको थियो । त्यसपछि शाखामा दोहोरो विवाद हुँदै आएको थियो । शाखामा एक वर्षभरी दुई अध्यक्षमा कार्यभार सम्पन्न गरे लगत्तै २०२१ मा पनि दुबै प्यानलले आ आफ्नो अध्यक्ष खडा गरेका थिए । मंगल भण्डारीले गोपाल ज्ञवालीलाई अध्यक्षमा ल्याएका थिए भने भुवन राणाले जीवन पौडेललाई । जसका कारण गत वर्षको समस्या पुन दोहोरिने स्पष्ट देखिएको थियो । तर, आजदेखि यी सबै समस्या समाधान भएका छन् ।
समस्या समाधानपछि निरुपित कार्यकारीणी उपाध्यक्ष सुमनकृष्ण श्रेष्ठले सहयोग गर्ने सिद्धार्थ जेसीज परिवारलाई धन्यवाद दिदै आभार व्यक्त गर्नु भयो ।


कार्यकारीणी उपाध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त भेलामा शाखाका तर्फबाट पूर्व अध्यक्षहरु जेसीआई सिनेटरहरु दिपेन्द्रमान श्रेष्ठ, सुशिल गुरुङ, संगम न्यौपाने, निरजनारायण श्रेष्ठ, लेखनाथ भट्टराई, सुमन शर्मा, खगेन्द्र शर्मा, रामचन्द्र उपाध्य, रामकुमार शर्मा, छविलाल पौडेल, देवराज न्यौपाने, राकेश गुरुङको सहभागिता रहेको थियो ।


यो संगै अब नेपाल जेसीजमा हेटौडा लेडी, धनगडी लेडी, कपिलवस्तु जेसीजको मात्र समस्या रहेको छ । यी शाखाहरुको १५ दिन भित्रमा समाधान हुने नेपाल जेसीजका महासचिव सिनेटर विकास मानन्धले बताउनु भयो ।