मेचीनगर, चैत १६ । होलि पर्वको अवसरमा बाहुण्डागी जेसिजले मेचीनगर ७ मा रहेको समाज सेवा सुधार संघका फरक क्षमता भएका बालबालिकाहरुका लागि खाद्यान्न सामाग्री बितरण गरेको छ ।

हरेक बर्ष होलि मिलन कार्यक्रम गर्दै आएको जेसिजले यो बर्ष फरक रुपमा कार्यक्रम गरेको हो । मानबताको सेवा नै जिवनको सर्बोतम कार्य हो भन्ने जेसिजको आस्थालाइ आत्मासाथ गर्दै यहाँ रहेका बालबालिका हरुसङग होलि एकअर्कामा अबिर लगाउदै विभिन्न प्रकारक खाद्यान्न प्रदान गरेको थियो । जेसिजले दाल, भुजिया, तेल, साबुन सरफ, आटा, मैदा, भुजिया, रमपम, मछ्ड धुप, फलफुल, लगायत २० हजार मुल्यको सामाग्री बितरण गरेको शाखा अध्यक्ष दिपक बरालले बताए ।

अध्यक्ष बरालको सभापतित्व तथा सस्थापक अध्यक्ष नवीन बरालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सघका अध्यक्ष धर्मराज घिमिरे, उपाध्यक्ष गङगा सङग्रौला, शाखाका पुर्व अध्यक्षहरु बद्री निरौला, जीवन मोते, कन्चन उप्रेती, निवर्तमान अध्यक्ष सागर कार्की, बोर्ड पदाधिकारी, सदस्यहरुलगायतको सहभागितामा सामाग्री बितरण गरिएको कार्यक्रम सम्योजक अनिश काफलेले बताए ।

शाखा सम्पादक नित्यनन्द चम्लगाइले आस्थापाठ गरेको कार्यक्रमको सन्चालन महासचिव केवल निरौलाले गरेका थिए ।

