बाहुण्डाँगी । नारायणगढ जेसीजले प्रकाशन गरेको २०७८ सालको क्यालेण्डर पूर्वी नेपालको प्रशिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरमा विमोचन गरिएको छ । केही साताअघि नारायणगढ जेसीजको टोली पाथीभरा पुगेर नया क्यालेण्डरको विमोचन गरेका हुन् ।
शाखाका २०२१ का अध्यक्ष बासुदेव दवाडीको नेतृत्वमा गएको १४ जनाको टोलीले चितवनमा प्रकाशन गरेको उक्त क्यालेण्डर तीर्थस्थल पाथीभरा पुगेर विमोचन गरेको थियो ।

पर्यटन प्रवद्र्धनसहित पूर्वका विभिन्न जिल्लाहरुको भ्रमण आएको टोलीले नेपालीको आस्थाको केन्द्र पाथीभरा मन्दिरको दर्शनसँगै उक्त क्यालेण्डर विमोचन गरेको हो । उक्त क्यालेडण्रको विमोचन मन्दिरका पुरहितले गरेका थिए ।

टोलीले ताप्लेजुगं जिल्लाको पाथीभरा मन्दिर क्षेत्र, ताप्लेजुङ बजार, ईलामको कन्याम,झापाका विभिन्न ऐतिहासिक,साँस्कृतिक,धार्मिक तथा पर्यटकिय स्थलहरुको भ्रमण गरेको थियो ।

टोलीमा महासचिव अमर घिमिरे, कानुनी सल्लाहकार अमृत श्रेष्ठ, निर्देशक विपिन कडेँल, स्वास्थ्य संयोजक प्रवेश ढकाल, सहसचिव विनोद पन्त, खेलकुद संयोजक मनिष सिटौला, जनसम्पर्क अधिकारी नितेश अधिकारी, नारायणगढ जेसीज २०२१ की प्रथम महिला मिना दवाडी, सदस्यहरु सञ्जय अधिकारीलगायत सहभागि रहेका थिए ।

दमक जेसीजले पूर्वमा स्वागत गर्दै यात्रा सफलताको कामना गरेको थियो । पाथीभरा क्षेत्रमै नेपाल जेसीजका पुर्व राष्ट्रीय अध्यक्ष सिनेटर प्रकाश प्रसाद अधिकारीज्युसँग पनि नाचगान सहित फागु खेल्ने एंव उत्प्रेरित हुने अवसर प्राप्त भएको महासचिव अमर घिमिरेले बताउनु भयो ।

आन्तरिक पर्यटनको प्रवर्द्धन एंव अन्तर जेसीज भाईचाराको वृद्धी गर्ने उदेश्यले गरिएको भ्रमणको क्रममा सहयोग गर्नु हुने जेसीआई दमक परिवार जेसीआई चारालीका पुर्व अध्यक्ष जेसी उत्तम पकुवाल, जेसीआई दमकका पुर्व अध्यक्ष श्री सन्तोष अधिकारी,उपाध्यक्ष जेसी लोकेश सापकोटा, सदस्य जेसी विश्वास बावु कामट,जेसीआई वाहुनडागींका जेसी देबु वानियालगायतलाई शाखाले धन्यवाद ज्ञापन गरेको थियो ।

