संघ \संस्था

लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्त

काठमाडौं, बैशाख १९ । लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा शंकर पोखरेल पुनःनियुक्त भएका छन्।

प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नेपालको संविधानकोधारा १६८ को उपधारा १ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलका नेता शंकर पोखरेलज्यूले आफ्नो नेतृत्वमा नेपालका संविधानको धारा १६८ (१) बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरूको हस्ताक्षरसहित माननीय प्रदेश प्रमुखसमक्ष दावी पेश गर्नुभएको थियो,’ प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।