खेलकुद

मेचीनगर गोल्डकपमा १० टिमले प्रतिस्पर्धा गर्ने

युवराज आचार्य

झापा, बैशाख ०८ । मेचीनगर ६ स्थित काँकरभिट्टा माविको खेलमैदानमा आयोजना हुन लागिरहेको चौथो संस्करण मेची नेत्रालय मेचीनगर गोल्डकपमा सहभागी हुने टिमहरु टुङ्गो लागेको छ ।

खेलकुदको उर्भरभुमीका रुपमा रहेको मेचीनगरको काँकरभिट्टामा २०७२ साल देखी बर्षेनी सञ्चालन हुदै आएको मेची नेत्रालय मेचीनगर गोल्डकप मोफसलको सफल गोल्डकप मध्यको एक हो ।

तेस्रो संस्करण सम्म सफलता पुर्वक सम्पन्न गरेको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरले चौथो संस्करण यहि बैशाख १२ गते देखी २१ गते सम्म प्रतियोगिता सञ्चालन गर्दै छ ।

मोफसलमा हुने गोल्डकपहरु मध्ये सफल गोल्डकपको रुपमा आफ्नो पहिचान बनाउन सफल यस गोल्डकपको मिति नजिकीए संगै फुटबल प्रेमीले यतिबेला उत्साहाका साथ प्रतिक्षा गरिरहेका छन् ।

प्रतियोगितामा दाउफिन्स क्लब क्यामरुन, पारो एफसी भुटान, नेपाल पुलीस क्लब, नेपाल आर्मी क्लब, रुस्लान थ्री स्टार क्लब, सिएमजी संकटा क्लब, च्यासल युथ क्लब काठमाण्डौं, धरान फुटबल क्लब सुनसरी, माईभ्याली फुटबल क्लब ईलाम र आयोजक मेची नेत्रालय काँकरभिट्टा एफसी गरी १० टिम सहभागी हुने आयोजक समितिका सचिव अशोक राईले जानकारी दिए ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार पाउने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १ लाख १ हजार पाउनेछ । त्यस्तै, डिफेन्डर, मिडफिल्ड, राइजिङ प्लेयर, प्रशिक्षकले जनही २१/२१ हजार पाउँने र प्रत्येक खेलको म्यान अफ दी म्याचले ११ हजारसहित गिफ्ट ह्याम्पर पाउने आयोजक समितिका अध्यक्ष मिन बहादुर बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published.